PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित



पहिलोपोस्ट

स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित

युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह डी को खेलमा स्पेनले स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको छ। स्पेनको स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोलीले स्वीजरल्याण्डमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

स्पेनको जितमा मिकेल ओयारजबालले निर्णायक गोल गरे। उनले मेरिनोको पासमा खेलको १४ औं मिनेटमा गोल गरेका थिए।

समूह डी मा स्पेनको यो लगातार दोस्रो जित हो। समूहमा ७ अंकसहित स्पेन शीर्ष स्थानमा छ भने जर्मनी ५ अंक सहित दोस्रो स्थानमा छ। त्यस्तै एउटामात्र जित निकालेको युक्रेन ३ अंक सहित तेस्रो र जितबिहीन स्वीजरल्याण्ड एक अंकसहित तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell