PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सुदुरपश्चिम प्रदेश प्रहरीको दशैं सुरक्षा योजना, बैंक र सुनपसलमा विषेश निगरानी, ५ हजार प्रहरी परिचालन



पहिलोपोस्ट

सुदुरपश्चिम प्रदेश प्रहरीको दशैं सुरक्षा योजना, बैंक र सुनपसलमा विषेश निगरानी, ५ हजार प्रहरी परिचालन
फाइल फोटो

काठमाडौं : चार्डपर्वमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न  सुदुरपश्चिम प्रदेश प्रहरीले आजबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं तिहारका लागि प्रहरीले विषेश सुरक्षा योजना बनाएको छ। 

चार्डपर्वलाई लक्षित गर्दै सुदुरपश्चिम प्रदेशमा मात्र करिब ५ हजार ५० सय बर्दी र सादा पोशाकमा प्रहरी खटाइने एसएसपी मुकेस सिंहले जानकारी दिए।

दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकल गस्तीमा समेत प्रहरी परिचालन गर्नेछ। प्रहरीले ७८ जना सदा पोसाकमा समेत प्रहरी परिचालन गरिसकेको छ। चाडपर्वको समयमा बढी आर्थिक कारोबार हुने क्षेत्रहरु बैंक तथा सुन पसलमा समेत निगरानीको लागि १ सय ३३ जना प्रहरी खटाइएको एसएसपी सिंहले जानकरी दिए।

त्यस्तै दुर्घटना न्युनिकरणको लागि पनि प्राथमिकतामा राखेर सुरक्षा योजना तयार पारिएको छ। सडक सुरक्षाको लागि २ सय ८ जना प्रहरी खटाइएको छ। यात्रुलाई पर्ने समस्या र  सवारी भाडामा हुने ठगी र कालोबजारी नियन्त्रण गर्नेको लागि ४० स्थानमा प्रहरीको हेल्पडेक्स समेत राखिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell