PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

अमेरिकापछिको दोस्रो मुलुक जहाँ १ लाख ५० हजारभन्दा धेरैको गयो ज्यान



पहिलोपोस्ट

अमेरिकापछिको दोस्रो मुलुक जहाँ १ लाख ५० हजारभन्दा धेरैको गयो ज्यान

कोरोना भाइरसकका कारण १ लाख ५० हजार भन्दा धेरै मानिसले ज्यान गुमाएको तथ्याङ्क ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको छ। अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै संक्रमितको मृत्यु हुने देश हो। भारत उसको पछिपछि छ।  गएको सातामात्रै ब्राजिलमा संक्रमितको संख्याले ५० हजारको सीमा पार गरेको थियो। 
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोलाई कोभिड १९ संक्रमणको विषयमा हेलचेक्र्याङ गरेको आरोप छ। उनले सम्भावित जोखिमबारे विज्ञहरुले दिएका सुझावलाई लत्याएका थिए भने संक्रमण रोकथामका लागि पहल कदमी नलिएको आरोप छ।

दक्षिण अमेरिकी मुलुकहरुमा सबैभन्दा धेरै संक्रमितको मृत्यु यही मुलुकमा भएको छ। साओ पाउलो सबैभन्दा बढी संक्रमणको सकसमा रहेको छ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार १ लाख ५० हजार १ सय ९८ जना मानिसले कोभिड १९ संक्रमणकै बीच ज्यान गुमाएका छन्। गएको मार्चमा संक्रमितको पहिलो मृत्यु भएको थियो। यहाँ अहिलेसम्म ५० लाख ८२ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ। 

क्षेत्रीय हिसाबमा ब्राजिलपछि सबैभन्दा धेरै प्रभावित मुलुक हो कोलम्बिया। यस मुलुकमा २७ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ भने ८ लाख ९४ हजार भन्दा धेरै संक्रमित पहिचान भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell