PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चितवनमा आज बिहान कोभिड १९ संक्रमित ७५ वर्षीया महिलाको मृत्यु



रासस

चितवनमा आज बिहान कोभिड १९ संक्रमित ७५ वर्षीया महिलाको मृत्यु

चितवनः चितवनमा थप एक जना कोभिड १९ सङ्क्रमितको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।

दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell