PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



रासस

जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कास्कीः पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग १ ज ५८९६ नम्बरको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell