PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

सफाई कर्मचारीबाट जुस पिएर अनशन तोडे डा गोविन्द केसीले, लगत्तै आइसीयू भर्ना

सफाई कर्मचारीबाट जुस पिएर अनशन तोडे डा गोविन्द केसीले, लगत्तै आइसीयू भर्ना

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : डा गोविन्द केसीले अनशन तोडेका छन्। शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन्।

शनिवार राति सरकार र डा केसीबीच ८ बुँदे सहमति भएको थियो। अनशन तोडेलगत्तै केसी थप उपचारका लागि आइसियुमा भर्ना भएका छन्।

डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन थालेका थिए।

डा. केसीलाई सरकारले अनशनको आठौं दिन काठमाडौं ल्याइएको थियो। शनिबार राती भएको सहमति पछि त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

डा. केसीले अनशन तोडनुअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीहरुलाई धन्यवाद दिए।



ट्रेन्डिङ पोस्ट

Ncell