A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996ec0b476773.18070682): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996ec0b476773.18070682,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

आईसीयु अभावमा मर्दै कोभिड-१९ संक्रमित, रुपन्देहीमा थप तीन जनाको मृत्यु
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

आईसीयु अभावमा मर्दै कोभिड-१९ संक्रमित, रुपन्देहीमा थप तीन जनाको मृत्यु



विधुर ढकाल

आईसीयु अभावमा मर्दै कोभिड-१९ संक्रमित, रुपन्देहीमा थप तीन जनाको मृत्यु

काठमाडौं : रुपन्देहीमा कोभिड-१९ संक्रमण दर बढ्दै जाँदा अस्पतालमा बेडको अभाव भएको छ।

आईसीयु बेड नहुँदा शनिवार रातिमात्र एक संक्रमितको दाङ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ११ का ८४ वर्षीय पुरुषको उपचारका लागि दाङको बेलझुल्डी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

रुपन्देहीमा आईसीयु बेड खाली नहुँदा लुम्बिनी प्रादेशिक अस्पतालले शनिवार उनलाई बेलझुल्डी रिफर गरेको थियो। शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनमा शनिबार नै कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै उनलाई थप उपचारका लागि दाङ रिफर गरिएको अस्पतालले जनाएको छ। दाङ लैजाँदै गर्दा उनको राति बाटोमै मृत्यु भएको हो।

यसअघि शनिवार बिहान नै रुपन्देहीका एक संक्रमितको दाङको बेलझुण्डीस्थित कोभिड विशेष अस्पतालमा मृत्यु भएको थियो। उनलाई पनि रुपन्देहीमा आईसीयु बेड खाली नभएपछि बेलझुण्डी पठाइएको थियो।

आइसियू बेडको अभावका कारण ती महिलालाई रुपेन्देहीबाट शुक्रवार राति दाङ रिफर गरिएको थियो। तर, अस्पताल पुगेर उपचार हुँदै गर्दा शनिवार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

यसैबीच शनिवार राति नै लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई जनाको पनि मृत्यु भएको छ। अस्पतालमा उपचाररत ७० वर्षका पुरुषको शनिवार राति ९:५५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। उनमा २२ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

त्यस्तै आइतवार बिहान २ बजे बुटवलकी अर्की एक कोभिड-१९ संक्रमितको पनि लुम्बिनी प्रादेशिक अस्पतालमा नै मृत्यु भएको छ। गौतमका अनुसार २१ गते संक्रमण पुष्टि भई अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पालमा उपचारका लागि भर्ना भएकी उनको बिहान मृत्यु भएको हो।

योसँगै रुपन्देहीका ३७ कोभिड-१९ संक्रमितको मृत्यु पुष्टि भइसकेको छ।

रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल/कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानामा १६ आईसीयु र ५ भेन्टिलेटर छन्। त्यस्तै भीम अस्पतालमा ५ आईसीयु र १ भेन्टिलेटर छन्। जसमध्ये लुम्बिनी प्रादेशिक अस्पतालमा १६ वटा आईसीयु नै भरिएका छन्। २ जनाको उपचार भेन्टिसलेटरमा भइरहेको छ। त्यस्तै भीम अस्पतालमा ४ जनाको आईसीयुमा उपचार भइरहेको छ।

त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल (युसीएमएस)मा ८ जनाको आईसीयु र दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। युनिभर्सल मेडिकल कलेजमा १० आईसीयु र ४ भेन्टिलेटरको सुविधा छ। त्यस्तै रुपन्देहीकै देवदह मेडिकल कलेजमा ५ आईसीयु र २ भेन्टिलेटर, क्रिमसन अस्पताल मणिग्राममा ५ आईसीयु र १ भेन्टिलेटर तथा चौराहा हस्पिटलमा ६ आईसीयु र एक भेन्टिलेटर रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

हालसम्म लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा मात्र ३७ संक्रमितको मृत्यु भइसकेको छ। जसमध्ये ६ जना अन्य जिल्लाका हुन भने बाँकी रुपन्देहीकै। त्यस्तै भैरहवास्थित भीम अस्पतालमा पनि ६ जना संक्रमितको मृत्यु भइसकेको छ। युसीएमएस भैरहवामा नै ७ जना संक्रमितको मृत्यु भइसकेको छ। देवदह मेडिकल कलेजमा २ र क्रिमसन अस्पतालमा २ जनाको मृत्यु भइसकेको छ। त्यस्तै बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा पनि २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीमा हाल एक हजार १४५ सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय बुटवलको तथ्यांकमा उल्लेख छ। जसमध्ये ८८ जनामा लक्षण रहेको र उनीहरुको उपचार आईसोलेसनमा अस्पतालमा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell