PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सुशान्त सिंह राजपुतमाथि फिल्म बनाउन उनको परिवारको स्वीकृति अनिवार्य



पहिलोपोस्ट

सुशान्त सिंह राजपुतमाथि फिल्म बनाउन उनको परिवारको स्वीकृति अनिवार्य

बलिउडका दुई निर्माताबीच सुशान्त सिंह राजपुतको बायोपिक बनाउने विषयमाथि कानूनी लडाइ चलिरहेको छ। सुशान्तजस्तै देखिने टिकटक स्टार सचिन तिवारीलाई लिएर दुई फरक निर्माताले फिल्म घोषणा गरेका थिए।

सचिनले सुरुमा रोर फिल्म्सका लागि सनोज मिश्रको निर्देशन रहने फिल्म साइन गरेका थिए। पछि सुशान्तकै बायोपिकका लागि अर्का निर्माताले उनलाई अनुबन्धित गरे।

तर, अब उनीहरू दुवैको योजना सफल नहुने देखिएको छ।
बलिउड हंगामाका अनुसार सुशान्तको परिवारले फिल्म र पुस्तकहरूसहित अभिनेतासँग सम्बन्धित सबै रचनात्मक सामाग्रीहरूको अधिकार सुरक्षित राख्ने भएको छ। सुशान्तसँग सम्बन्धित फिल्म बनाउन वा किताब लेख्न चाहने जो कोहीले सिंहको परिवारबाट पूर्ण र अन्तिम सहमति लिनु पर्ने बताइएको छ।

इन्डियन मोसन पिक्चर्स निर्माता संघका सचिव अनिल नागरथले भनेका थिए,’धेरै मानिस सुशान्तमाथि फिल्म बनाउन चाहन्छन्। त्यसैले टाइटल रजिस्टर गर्न पनि आइरहेका छन्। तर, हामीले परिवारको अनुमति लिएर आउन भनेका छौं।‘

हाललाई अभिनेता सिंहको जीवन पर्दा वा किताबमा उतार्नका लागि उनको मृत्यु सम्बन्धी केही कानूनी विषय प्रष्ट हुन आवश्यक छ।

सुशान्तले गत जुन १४ तारिखमा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए। उनको परिवारले भने अभिनेत्री रिया चक्रवतीलाई आत्महत्या दुरुत्सहानको आरोपसहित मुद्धा हालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell