PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

दशैंको मुखमा काठमाडौं आउने र छोड्नेको सङ्ख्या झन्डै बराबरी



पहिलोपोस्ट

दशैंको मुखमा काठमाडौं आउने र छोड्नेको सङ्ख्या झन्डै बराबरी

काठमाडौं : असोज १ गतेबाट लामो दुरीका सवारी साधन संचालनमा आए पनि काठमाडौं आउने र बाहिरिने यात्रुको सङख्या झन्डै बराबरी नै देखिएको छ। दशैं नजिकिए पनि काठमाडौं उपत्यका छोड्न मानिसको सङ्ख्या अघिल्ला दशैंमा जस्तो छैन।

कोभिड १९ संक्रमणको कारण यसपटक दशैं सुरु हुन ६ दिन बाँकी रहदा पनि अग्रिस टिकट खुलेको छैन। टिकट लिन पुग्ने मानिसको सङ्ख्या पनि कमै छ। असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट ४ लाख ५३ हजार ४ सय ११ जना मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ। यस समयमा १ लाख ९ हजार ३ सय ५३ वटा सवारी साधन बाहिरिएका छन्। एउटा सवारी साधनबाट औशत चार जना मानिस बाहिर गएको देखिन्छ। पछिल्लो एक सातामा दैनिक २० हजार मानिस बाहिरिएका छन्।

दैनिक ४ हजार ५ सय सवारी साधन बाहिरने गरेका छन्। असोज १८ गते सबैभन्दा धेरै ५ हजार ९ सय ५० वटा सवारी साधन बाहिरिए। सबैभन्दा कम असोज ६ गते ३ हजार २ सय ६९ वटा सवारी साधनले काठमाडौं उपत्यका छोडेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

काठमाडौं उपत्यका भित्रिने मानिसको सङ्ख्या पनि उतिकै छ। असोज १ गतेदेखि २४ गतेसम्म ४ लाख २८ हजार ४ सय ५६ मानिस उपत्यका छिरेका छन्। काठमाडौंबाट छोड्नेको तुलनामा यो २४ हजार ९ सय ५५ जनाले कम हो। त्यस्तै सोही अवधिमा १ लाख ७ हजार ७ सय २ वटा सवारी साधन काठमाडौं भित्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell