PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

७० लाखको सीमा पार गर्‍यो भारतमा संक्रमितको संख्याले



पहिलोपोस्ट

७० लाखको सीमा पार गर्‍यो भारतमा संक्रमितको संख्याले

नयाँ दिल्ली : भारतमा २४ घन्टामा ७४ हजार ३ सय ८३ नयाँ संक्रमित थपिएपछि यहाँ कोभिड १९ संक्रमण हुने व्यक्तिको संख्या ७० लाख पार भएको छ। संक्रमितको संख्या अमेरिकामा भन्दा भारतमा झन्डै ६ लाख ५० हजार रहेको छ।

संक्रमणका कारण सबैभन्दा खराब सूचीमा रहेको अमेरिकामा ७७ लाख १८ हजार ९ सय ४७ जना संक्रमित रहेकोमा भारतमा यो संख्या ७० लाख ५३ हजार ८ सय ६ रहेको छ। यही रफ्तार कायम हुने हो भने दुई साता नबित्दै भारतले संक्रमित संख्यामा अमेरिकालाई पछि पार्नेछ।

हिजोमात्र ब्राजिलमा संक्रमित संख्या ५० हजार भन्दा माथि रहेको छ। अमेरिका, भारत र ब्राजिलपछि चौथो स्थानमा छ, रसिया। रसियामा १२ लाख ७८ हजार संक्रमित छन्।  

भारतमा पछिल्लो २४ घन्टामा ९ सय १८ जना संक्रमितको मृत्यु भएको छ। संख्या ७० लाख पार भएको दिन भारतमा एक्टिभ केस भने ८ लाख ६७ हजार ४ सय ९६ रहेको छ। यहाँ ठीक हुने संक्रमितको संख्याले ६० लाखको सीमा पार गरेको छ। अहिलेसम्म भारतमा मृत्यु हुने संक्रमितको संख्या १ लाख ८ हजार ३ सय ३४ रहेको छ। 

भारतको महाराष्ट्र सबैभन्दा प्रभावित राज्य हो। त्यहाँ अहिले पनि २ लाख ३६ हजार ९ सय ४७ एक्टिभ केस छ। संक्रमितमध्ये १२ लाख २९ हजार ३ सय ३९ जना ठीक भइसकेका छन्। 

कर्नाटकमा १ लाख १८ हजार ८ सय ७० एक्टिभ केस रहेको छ जहाँ ५ लाख ६१ हजार ६ सय १० जना ठीक भइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell