PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बस रेलसँग जोतिँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते



पहिलोपोस्ट

बस रेलसँग जोतिँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते

थाइल्यान्डमा एउटा बस रेलसँग ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन्।

आज बिहान राजधानी बैंककभन्दा ५० किलोमिटर पूर्वतर्फ रहेको स्थानमा दुर्घटना भएको हो।

बसमा बौद्धमार्गीहरु तीर्थयात्राका लागि रहेको थाइ प्रहरीले जनाएको छ। बस रेलसँग नराम्ररी ठोक्किएको दृष्य देख्न सकिन्छ। बसका टुक्राहरु रेलबे ट्र्याकमा छरिएका छन्।

बसलाई निकाल्न क्रेन नै चाहिएको उद्धारमा खटिएकाहरुले जानकारी दिएका छन्।

थाइल्यान्ड विश्वमै धेरै दुर्घटना हुने मुलुकको दोस्रो स्थानमा रहेको सन् २०१८ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell