काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ।
भक्तपुर जौखेल, चाँगुनारायणका किसानहरु यतिबेला धान काट्दै, चुट्दै, निफन्दै धान भित्र्याउन व्यस्त देखिन्छन्।
सबैभन्दा खपत हुने खाद्यबाली भएकाले धान उत्पादनलाई महत्वका साथ हेरिन्छ।