PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु  



पी बी खड्का

कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु  

सुर्खेत : कोरोना संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका मृत्यु हुनेको संख्या ११ पुगेको छ।

सुर्खेत वीरेन्द्रनगर–१० की ७६ वर्षीय महिलाको उपचारको क्रममा आइतवार बिहान १० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए। उपचारको क्रममा उनको मृत्यु भएको हो।

दम रोग रहेको उनलाई प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा असोज २१ गते भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell