PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ प्रदेशसभा सदस्यको अविश्वास प्रस्ताव दर्ता



पी बी खड्का

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ प्रदेशसभा सदस्यको अविश्वास प्रस्ताव दर्ता
फाइल फोटो

काठमाडौं : कर्णाली प्रदेशका नेकपा प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउनुपर्ने माग गर्दै पार्टीमा निवेदन दर्ता गराएका छन्।

प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने १८ सदस्यहरुले नेकपाको प्रदेश सभाको संसदीय दलका सचेतकलाई पत्र बुझाएका हुन्।

संसदीय दलका मुख्य सचेतक गुलाबजंग शाहलाई बुझाइएको पत्रमा उपसभामुख पुष्पा घर्ती मगरको पनि हस्ताक्षर रहेको छ। त्यस्तै यसअघि मुख्यमन्त्रीको चर्चामा रहेका यामलाल कँडेलले पनि हस्ताक्षर गरेका छन्।

पत्रमा शाही मुख्यमन्त्रीमा निर्वाचित भएसँगै सरकार र संसदीय दलको नेतृत्व प्रभावकारी नभएको आरोप लगाइएको छ। साथै दल र सरकारको काम कारवाहीमा पनि यसको प्रभाव परेको भन्दै पत्रमा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलोसमेत भएको आरोप लगाइएको छ।

साथै प्रदेशसभाको संसदीय दलको विधान अनुरुप संसदीय दलको नेता उपर विश्वास नभएकोले अविश्वासको प्रस्ताव दर्ता गराएको उल्लेख छ। साथै पत्रमा यथासक्य संसदीय दलको बैठक आयोजना गरी मार्ग प्रशस्त गर्नसमेत माग गरिएको छन्। कर्णालीमा ४० प्रदेश सभा सदस्यमध्ये ३३ जना नेकपाका सदस्य छन्।

यी हुन् अविश्वासको प्रस्तावमा सही गर्ने प्रदेश सभा सदस्यहरु

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell