नेपाली फुटबलर अभिषेक रिजालको दोहोरो गोलमा मोहम्मेदनले एआरए एफसीलाई हराएको छ। आईलिग छनोट अन्तर्गत कोलकतामा आज भएको खेलमा मोहम्मेदनले एआरए एफसीलाई ४-१ ले हराएको हो।
मोहम्मेदनको जितमा अभिषेक रिजालले २ गोल गर्दा विलिस डेओन प्लाजा र एसके फैअजले १/१ गोल गरे। मोहम्मेदनले खेलको १३ औं मिनेटमा प्लाजाको गोल मार्फत खेलमा अग्रता बनाएको थियो। त्यस्तै २१ र ४५ औं मिनेटमा अभिषेक रिजालले गोल गरे। दोस्रो हाफमा मोहम्मेदनकै डिफेन्डर सफुल रहमानले आत्मघाती गोल गर्दा एआरए एफसीले सान्तवना गोल पायो। त्यस्तै मोहम्मेदनका लागि फैअजले ८९ मिनेटमा गोल थप्दा मोहम्मदेने ४-१ को सानदार जित निकाल्यो।
Player of the match Abhishek Rijal 🗣️: "Playing in the Hero @ILeagueOfficial is our mission!"#IndianFootball ⚽ #MDSPARA ⚔️ #HeroILeagueQ 🏆 pic.twitter.com/wC1fpjPUsn
— Hero I-League (@ILeagueOfficial) October 11, 2020
प्लेयर अफ दी म्याचसमेत बनेका रिजालले आफूलाई गौरवलागेको भन्दै आफूहरु आईलिगको मिसनमा रहेकोले त्यसमै केन्द्रित भएको समेत बताए।
लगातार दोस्रो जित निकालेको मोहम्मेदन अंकतालिकाको शीर्षस्थानमा पुगेको छ।
