PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कोरोना भाइरसको संक्रमणका कारण चितवनमा वडाध्यक्षको मृत्यु



रासस

कोरोना भाइरसको संक्रमणका कारण चितवनमा वडाध्यक्षको मृत्यु

चितवन : भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए।

उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए। डा पौडेलका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए। अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० प्रतिशतमा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनीको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell