PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान, हरेक ६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान, हरेक ६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १२ हजार ४२७ नमुना परीक्षणका क्रममा ७०२ महिला १३६९ पुरुष गरी दुई हजार ७१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। यो कुल परीक्षणको १६.६६ प्रतिशत अर्थात ६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७ हजार ७७५ पुगेको छ।

वाग्मतीमा प्रदेशमा ७१ प्रतिशत

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये ७०.९८ प्रतिशत वाग्मती प्रदेशका हुन्। वाग्मती प्रदेशमा एक हजार ४७० जना संक्रमित पहिचान भएका छन्। जसमध्ये उपत्यकामा  मात्र एक हजार ४१६ जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमितको ६८.३७ प्रतिशत हो।

जसमध्ये काठमाडौं जिल्लामा ४०८ महिला र ७३७ पुरुष गरी एक हजार १४५ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै, भक्तपुरमा ५० महिला र ६० पुरुष गरी ११० जना तथा ललितपुरमा ७१ महिला र ९० पुरुष गरी १६१ जना रहेका छन्। वाग्मती प्रदेशमका १३ मध्ये ११ जिलामा नयाँ संक्रमित पहिचान भएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा ३२३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशका १२ जिल्लामा संक्रमण पुष्टि हुँदा बर्दिया जिल्लामा मात्र १०४ जना छन्। त्यहाँ १९ महिला र ८५ मा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुपन्देही जिल्लामा २९ महिला र ६९ पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रदेश २ का ८ जिल्लामा ६९ तथा गण्डकीका ८ जिल्लामा ९६ जनामा संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिमका ६ जिल्लाका ६७, कर्णालीका ७  जिल्लाका २८ र प्रदेश १ का ५ जिल्लाका १८ जनामा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

मृत्यु भएका २२ मध्ये १५ जना वाग्मतीका

यसैबीच, पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। संक्रमण पुष्टि भई मृत्यु भएका मध्ये ५ महिला र १७ पुरुष छन्। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा मन्त्रालयले पुष्टि गरेका मृत्यु मध्ये वाग्मती प्रदेशका मात्र २२ जना छन्। उपत्यकामा मात्र ८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं जिल्लाका ६६ वर्षकी महिला तथा ६०, ७०, ७५ र ७३ वर्षका पुरुषहरु रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ललितपुरका ४९ वर्षका पुरुष तथा भक्तपरका ४४ र ५७ वर्षका पुरुषको पनि मृत्यु भएको छ।

त्यस्तै, नुवाकोटमा ७७ वर्षका पुरुष, मकवानपुरमा ८५ वर्षकी महिला र सिन्धुपाल्चोकका ६३ वर्षका पुरुषको पनि मृत्यु भएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा चितवनमा थप चार जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये ७५ वर्षकी महिला तथा ४७ र ९८ वर्षका पुरुष छन्। त्यस्तै, एक जना उमेर नखुलेका पुरुषको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा सुनसरीमा ६२ वर्षकी महिला ६५ वर्षका पुरुष संक्रमितको पनि मृत्यु भएको छ। त्यस्तै, धनकुटाकी ६१ वर्षकी महिलाको पनि मृत्यु भएको छ।

प्रदेश २ को सर्लाहीका ३८ वर्षका पुरुषको पनि मृत्यु भएको छ।

त्यस्तै, लुम्बनी प्रदेशको रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ। जसमध्ये ६०, ६१ र ८४ वर्षका पुरुष छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell