PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शिक्षामन्त्री पोखरेललाई कोभिड-१९ संक्रमण



पहिलोपोस्ट

शिक्षामन्त्री पोखरेललाई कोभिड-१९ संक्रमण

काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोभिड-१९ संक्रमण भएको छ।

शनिवार स्वास्थ्यमा गडबडी आएर पाटन अस्पताल भर्ना भएका उनलाई आज संक्रमण पुष्टि भएको हो।

पोखरेलका प्रेस संयोजक सुनिल खड्काले आजै उनमा संक्रण पुष्टि भएको जानकारी दिए। 'हिजो पाटन अस्पताल भर्ना हुनुभएको थियो। हिजो स्वाब दिएकोमा आज पुष्टि भएको हो,' उनले भने।

खड्काले पोखरेललाई संक्रमणको लक्षण नभएको जानकारी दिए। हाल उनको स्वास्थ्य अवस्था सामान्य भएको खड्काको भनाई छ। यसअघि पर्यटन मन्त्री योगश भट्टराईलाई पनि शनिवार संक्रमण भएको पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell