PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य, मनिष पाण्डेको अर्धशतक



पहिलोपोस्ट

हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य, मनिष पाण्डेको अर्धशतक

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको हो।

हैदराबादका लागि मनिष पाण्डेले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाउँदा कप्तान डेभिड वार्नरले ४८ रन जोडे। त्यस्तै केन विलियमसनले अभिजित २२ रन बनाउँदा जोन्नी बेयरस्टोले १६ रन बनाए। त्यस्तै प्रियम गर्ग १५ रनमा रनआउट भए।

उता राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनदकटले १/१ विकेट लिए।

राजस्थान केहीबेरमा जवाफी ब्याटीङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell