PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

टीकापुरमा क्याम्पसहरुबीच पहिलोपटक 'हल्ट प्राइज प्रतिस्पर्धा' हुँदै



पहिलोपोस्ट

टीकापुरमा क्याम्पसहरुबीच पहिलोपटक 'हल्ट प्राइज प्रतिस्पर्धा' हुँदै

कैलाली: जिल्लास्थित टीकापुरको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा पहिलोपटक 'हल्ट प्राइज अन क्याम्पस' प्रतियोगिता हुने भएको छ।

विश्वमा विद्यार्थीको नोबल पुरस्कार भनेर चिनिने हल्ट प्राइज कलेजकै आयोजनामा हुन लागेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको आयोजनामा अन्य दुई कलेज पनि प्रतियोगितामा सहभागी हुँदैछन्।

कलेज प्रशासनका अनुसार ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत र गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके गरी ३ क्याम्पसको यसवर्ष पहिलोपटक संयुक्त ‘अन क्याम्पस’ प्रोग्राम हुँदैछ।

के हो हल्ट प्राइज?

एउटा विचारले लाखौँ मानिसहरुलाई प्रभावित (सकारात्मक) बनाउन सकोस्, जसले मानिसले प्रत्यक्ष भोगेका समस्याहरुको समाधान पनि गरोस्, त्यस्तो विचारको विश्वव्यापी प्रतिस्पर्धा हो 'हल्ट प्राइज प्रतिस्पर्धा'।

विश्वभरिबाट सहभागी हुने यस कर्यक्रममा करिब १२१ देशका २५०० भन्दा बढी विश्वविध्यालयका विध्यार्थीहरुले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टेर्नेशनल बिजनेश स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा आयोजना गरेको हो।

सन् २००९ मा अहमद अस्करा हल्ट प्राइजको संस्थापक सि.इ.ओ को कार्यरत छन्। ‘एक बालक एक ल्याप्टप’ को लेक्चरबाट ८०० ‘चार्ल्स केन’ ले सन् २००१ मा व्यापारिक प्रतिस्पर्धीको अवधारणा भित्र्याए जुन सामाजिक उध्यमसिलताको माध्यमबाट विश्व समस्या समाधान केन्द्र हुन्छ।

विश्वमा बिद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज ऊर्जावान विद्यार्थी युवाहरुको लागि एक सुनौलो अवसर हो, जो समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति एक सफल र सामाजिक उद्यमीहुन कोशिस गर्दछन्। अहिलेसम्म शिक्षा, बिजुली, पानी, खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूमा आधारित रहि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले हरेक वर्ष कुनै एक चुनौतीका निम्ति विषयवस्‍तु रोज्ने गरेका छन्। हरेक बर्ष चुनौतीहरु संयुक्त राष्ट्र संघको दिगो बिकासमा आधारित रहेर घोषणा गरिन्छ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो। जसले विध्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ। यो प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ। यो युवाहरुको सञ्जाल हो। जस्ले युवापुस्तालाई समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विद्यार्थीहरुको लागि संसारकै ठूलो प्रतिस्पर्धा हो।

कस्तो बिषय हुन्छ?

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकासका लक्ष्य‘ मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र बिषय’ घोषणा गर्दछ। र उक्त बिषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडिया सहित प्रस्तुत हुनु पर्छ। यो बर्षको चुनौती र बिषय “Food For Good” घोषणा भइसकेको छ। प्रतियोगिहरुले सोहि विषयमा आधारित भएर आफ्नो उद्धमशिलता बिचार प्रस्तुत गर्नु पर्ने हुन्छ।

कसरी हुन्छ कार्यक्रम ?

यस कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयको आगिंक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरमा पहिलोपटक आयोजना हुन गइरहेको छ। प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, ब्राइट मध्य पश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत तथा गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके गरी ३ क्याम्पसको संयुक्त आयोजनामा भव्यताका साथ प्रतियोगिता सम्पन्न गराउनेमा विश्वस्त छन्। प्रत्येक क्याम्पस अथवा विश्वबिद्यालहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ। “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी हल्ट प्राइजका क्याम्पस निर्देशक भरत साउदले दिएका छन्। यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत ३-४ जना बिद्यार्थीहरुको समूहले भाग लिन सक्दछन्, (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुने छैन)।

किन भाग लिने?

“अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्। रिजनलका बिजेता accelerator मा प्रर्तिस्पर्धा गर्ने मौका पाउने छ्न् र accelerator का बिजेताले global finals मा प्रतिस्पर्धा गर्न UN headquarter मा गएर आफ्नो business idea प्रस्तुत गर्ने मौकाको साथ साथै प्रतिस्पर्धा जितेर आफ्नो उद्यम सन्चालन गर्न १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने मौका पाउने छन्।

भोकालाई खुवाउने, रोजगारको सृजना गरी अर्थतन्त्रलाई उत्प्रेरित गर्दै व्यावहारिक खाद्य उद्यम सञ्चालन गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उद्देश्य राखेको हल्ट चुनौती "फुड फर गुड (food for good)" मा सहभागी भई आफ्नो समाज, राष्ट्रिय र विश्वव्यापी रुपमा बढ्दै गरेको खाद्य सङ्कटलाई अवसरको रूपमा परिवर्तन गर्न यस बर्षका हल्ट प्राइज प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरका क्याम्पस डाइरेक्टर भरत साउदले अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell