PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ललिता निवास प्रकरण : पूर्वमन्त्री छविराज पन्त धरौटीमा रिहा



पहिलोपोस्ट

ललिता निवास प्रकरण : पूर्वमन्त्री छविराज पन्त धरौटीमा रिहा

काठमाडौं : विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित पूर्वमन्त्री छविराज पन्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले पन्तसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो।

फरार प्रतिवादीका रुपमा रहेका पन्तले आइतबार नै अदालतमा उपस्थितिको निवेदन पेस गरेका थिए। आइतबार नै उनको बयान र थुनछेक आदेश भएको हो।

अदालतको आदेश अनुसार पाँच लाख रुपैयाँ नगद धरौटी राखेर पन्त रिहा भएका छन्। अख्तियारले पन्तसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell