काठमाडौं : चितवनमा कोरोना भाइरस संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। ४७ वर्षीया बेवारिसे महिलाको उपचारका क्रममा आइतवार भरतपुर अस्पतालमा मृत्यु भएको हो।
उनी यहि असोज १५ ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिएकोमा आइतवार साँझ ५ वजे मृत्यु भएको अस्पतालको भनाइ छ। स्वास्थ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै पनि उनको मृत्यु भएको अस्पतालले बताएको छ।
