PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विराटनगरका १९७ जनासहित प्रदेश १ मा ४०९ जना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार नाघ्यो



फूलमाया पुरी

विराटनगरका १९७ जनासहित प्रदेश १ मा ४०९ जना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार नाघ्यो

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र ८ वटा प्रयोगशालामा गरिएको १ हजार १०४ जनाको पीसीआर परीक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो।

आइतवार १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। आज थपिएका ४०९ संक्रमितसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ।

आइतवार मोरङमा २३६, सुनसरीमा ९७, झापामा ४० जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २/२, धनकुटा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा मात्र १९७ जनामा संक्रमण देखिएको छ। कोरोना पोजिटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष रहेका छन्। त्यस्तै सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २/२, कटहरी, सुनबर्षी, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

यता सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १/१ जना पनि कोरोना संक्रमित भएका छन्।

त्यसैगरी झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३/३, कमलगाउँपालिकामा २, गौरादह, बाह्रदशी र झापा गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १/१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १/१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आइतवार २५ जना डिस्चार्ज भएका छन्। आइतवार नोवेल मेडिकल कलेज विराटनगरबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell