PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

हैदराबादमाथि राजस्थानको रोमाञ्चक जित



पहिलोपोस्ट

हैदराबादमाथि राजस्थानको रोमाञ्चक जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादविरुद्ध रोमाञ्चक जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो।

हैदराबादका लागि मनिष पाण्डेले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाउँदा कप्तान डेभिड वार्नरले ४८ रन जोडे। त्यस्तै केन विलियमसनले अभिजित २२ रन बनाउँदा जोन्नी बेयरस्टोले १६ रन बनाए। त्यस्तै, प्रियम गार्ग १५ रनमा रनआउट भए।

उता राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनदकटले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक अभिजित ४५ रन बनाउदा रियान परागले अभिजित ४२ रन जोडे। त्यस्तै, सन्जु सामसनले २६ रन जोडे।

हैदरावादका लागि खलील अहमेद र रासिद खानले २/२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell