PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार पार, आइतवार थपिए ९५ जना



एम बम

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार पार, आइतवार थपिए ९५ जना

कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ९५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आइतवार धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा बढी ७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, डडेलधुरा अस्पतालको प्रयोगशालामा १० जना, बझाङमा ४ जना, कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा १ जना र डोटी अस्पतालमा ३ जना गरी ९५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये कैलालीका ६१ जना छन्। कञ्चनपुरका १५, बैतडीका ३, बझाङका ४, अछामका २ र डोटीका १० जना रहेका छन्। प्रदेशमा आइतवारसम्म ८ हजार ४६ जनामा संक्रमण पुष्टि भएकोमा ६ हजार ८ सय ६४ जना निको भएर घर फर्किएका छन्।

प्रदेशमा अब १ हजार १ सय ६३ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबै भन्दा बढी कैलालीमा ६ सय १६ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell