काठमाडौं : पूर्वमन्त्री सुनिलबहादुर थापा अस्पताल भर्ना भएका छन्। थापालाई ह्याम्स अस्पताल भर्ना गरिएको बताइएको छ।
उनलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको दिनदेखि नै ज्वरो आएकोले सतर्कताको लागि आइतबार अस्पताल भर्ना गरिएको उनका छोरा सिद्धार्थले फेसबुकमार्फत जानकारी दिएका छन्।
My father has been admitted to HAMS Hospital in Kathmandu as a precautionary measure since he continued to register...
Gepostet von Siddhartha Thapa am Sonntag, 11. Oktober 2020
उपचाररत थापाको स्वास्थ्य अवस्थाको बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुले फोनमार्फत जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका थिए।
उनको ह्याम्स अस्पतालको कोभिड आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ। उनको अवस्था क्रमिक रुपमा सुधार भइरहेको बताइएको छ।
