PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शिखर धवनको अर्धशतकमा दिल्लीले मुम्बईलाई दियो १ सय ६३ रनको लक्ष्य



पहिलोपोस्ट

शिखर धवनको अर्धशतकमा दिल्लीले मुम्बईलाई दियो १ सय ६३ रनको लक्ष्य
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियनलाई १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अबुधावीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन जोडेको हो।

दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ६९ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐयरले ४२ रन बनाउँदा अजिन्क्य रहाणेले १५ रन जोडे। दिल्लीका मार्कस स्टोइनिस १३ रन बनाएर रन आउट हुँदा एलेक्स करेले १४ रन जोडे।

उता मुम्बईका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिँदा ट्रेन्ट बोल्टले १ विकेट लिए।

केही बेरमा मुम्बइ इण्डियन्स जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell