PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कोरोना संक्रमण बढ्दै गएपछि दाङका तीन सरकारी कार्यालय बन्द



रासस

कोरोना संक्रमण बढ्दै गएपछि दाङका तीन सरकारी कार्यालय बन्द

घोराही : कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन्। बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन्।

दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवा रोकेको छ। अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ। अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले पनि आइतवार सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ। कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजिटिभ देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिए।

यस्तै दाङ जिल्ला नापी तथा मालपोत कार्यालय पनि यही असोज २२ देखि २८ गतेसम्मका लागि बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell