PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न अनेरास्ववियुको माग



रासस

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेको छ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आइतवार विज्ञप्ति जारी गर्दै आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गरेर प्राध्यापक जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।

यही असोज २० गते आफ्नो नियमित कामका सन्दर्भमा त्रिवि परिसरमा हिडिरहेका उपप्राध्यापक चलाउनेमाथि एक समूहले आक्रमण गरेको थियो। उपप्राध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell