PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

डिकक र सूर्यकुमार यादवको अर्धशतकमा दिल्लीविरुद्ध मुम्बईले निकाल्यो जित



पहिलोपोस्ट

डिकक र सूर्यकुमार यादवको अर्धशतकमा दिल्लीविरुद्ध मुम्बईले निकाल्यो जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। अबुधावीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराएको हो।

१६३ रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी छदाँ ५ विकेट गुमाएर लक्ष्य भेट्यायो।

मुम्बईलाई जिताउन क्विन्टन डिकक र सूर्यकुमार यादवले ५३/५३ रनको योगदान गरे। त्यस्तै इशान किसानले २८ रन, क्रुनाल पाण्ड्याले १२ तथा काइरन पोलार्डले ११ रन जोडे।

दिल्लीका लागि कगिसो रबाडाले २ तथा अक्षर पटेल, रविचन्द्रन आश्विन र मार्कस स्टोइनिस १/१ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन जोडेको थियो।

दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ६९ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐयरले ४२ रन बनाउँदा अजिन्क्य रहाणेले १५ रन जोडे। दिल्लीका मार्कस स्टोइनिस १३ रन बनाएर रन आउट हुँदा एलेक्स करेले १४ रन जोडे।

उता मुम्बईका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिँदा ट्रेन्ट बोल्टले १ विकेट लिए।

जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell