PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बेल्जियममाथि इङ्ग्ल्याण्डको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बेल्जियममाथि इङ्ग्ल्याण्डको संघर्षपूर्ण जित

युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा इङ्ग्ल्याण्डले बेल्जियममाथि संघर्षपूर्ण जित निकालेको छ। वेम्बले स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले फिफाको विश्व वरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमलाई २-१ ले हराएको हो।

इङ्ग्ल्याण्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले गोल गरे। उता बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे।

खेलमा अग्रता भने बेल्जियमले बनाएको थियो। खेलको १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लुकाकुले खेलमा अग्रता दिलाए। तर ३९ औं मिनेटमा इङ्ग्लयाण्डले खेल बराबरीमा ल्यायो। इङ्ग्ल्याण्डका लागि मार्कस रासफोर्डले पेनाल्टी मार्फत गोल गरे। त्यस्तै दोस्रो हाफमा माउन्टले अर्को गोल थपे। उनले खेलको ६४ औं मिनेटमा ट्रिप्पिअरको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको समूह बी कै अर्को खेलमा डेनमार्कले आईसल्याण्डलाई हरायो। एउटा आत्मघाती गोल उपहारमा पाएको डेनमार्कले आईसल्याण्डलाई ३-० ले हराएको हो।

गएरातिको जितसँगै इङ्ग्ल्याण्ड समूह बी को शीर्षस्थानमा उक्लिएको छ। शीर्षस्थानको इङ्ग्लयाण्डको ७ अंक छ भने दोस्रो स्थानमा रहेको बेल्जियमको ६ अंक त्यस्तै तेस्रो र अन्तिम स्थानमा रहेका डेनमार्क र आइसल्याण्डको क्रमश चार र शुन्य अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell