युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह सी को खेलमा फ्रान्स र पोर्चुगल गोलरहित बराबरीमा रोकिएका छन्। स्टेड डी फ्रान्समा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो।
त्यस्तै गएराति नै भएको समूह बी कै अर्को खेलमा क्रोएसियाले आफ्नो पहिलो जित निकाल्यो। स्टेडियन मक्सिमिरमा भएको खेलमा घरेलु टोलीले क्रोएसियालाई २-१ ले हराएको हो। क्रोएसियाको जितमा निकोलस भ्लासिक र एन्द्रेज कर्मारिकले गोल गरे। उता स्वीडेनका लागि मार्कस बर्गले गोल गरे।
समूह सीमा पोर्चुगल र फ्रान्स समान ७ अंकसहित क्रमश अंकतालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै एकजित निकालेको क्रोएसिया तेस्रो स्थानमा र जितबिहीन स्वीडेन पुछारमा छन्।
