PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

भेन्टिलेटरको सहयोगमा उपचार गराइरहेका संक्रमितको मृत्यु



रासस

भेन्टिलेटरको सहयोगमा उपचार गराइरहेका संक्रमितको मृत्यु

रुपन्देही : कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए। यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या४० जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell