काठमाडौः इण्डियन प्रिमियर लिग (आइपिएल)मा अनलाइनबाट सट्टेबाजी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले कालिमाटीबाट आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा भारतिय नागरिक समेत रहेका छन्। भारत घर भएका कुलदिप शारण, सन्जिव शारण, भारत कानपुर घरभएका अजय गौतम र नविन जैन रहेका छन्। त्यस्तै प्रदिप घिमिरे, उत्तम सापकोटा र अनिल कुमार बमसललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
कुलदिप शारण भने सट्टेबाज खेलाउने मुख्य अभियुक्त भएको खुलेको छ। उनी केही समयदेखि कमलपोखरीस्थित कोनार्क इन होटेलको कोठा नम्वर १ सय ५ मा बस्दै आएका थिए। उनीहरुको साथबाट प्रहरीले १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ।
दुवई, सारजहा, अवुधावीमा आइपिएल खेल जारी छ।
