PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शहरी क्षेत्रमा संक्रमण बढ्दा संक्रमित हुने महिलाको अनुपात पनि बढ्दै



विधुर ढकाल

शहरी क्षेत्रमा संक्रमण बढ्दा संक्रमित हुने महिलाको अनुपात पनि बढ्दै

काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुग्दा संक्रमण पुष्टि हुने महिलाको अनुपात पनि बढ्दै गएको छ।

संक्रमण काठमाडौं उपत्यकामा बढ्दै जाँदा संक्रमित महिलाको संख्या पनि बढ्दै गएको हो। हाल कुल संक्रमितको २९.८ प्रतिशत महिला छन् भने ७०.२ प्रतिशत पुरुष रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकमा उल्लेख छ।

कुल १० हजार १७८ संक्रमित पहिचान भएको प्रदेश १ मा संक्रमित महिलाको संख्या तीन हाजार २७९ पुगेको छ। जुन ३२.२ प्रतिशत हो। प्रदेश १ मा ६७.८ प्रतिशत अर्थात ६ हजार ८९९ पुरुष संक्रमित छन्।

४९ हजार ४०० संक्रमित रहेको बागमतीमा ३६.९ प्रतिशत संक्रमित महिला छन्। बागमतीमा १८ हजार २०७ महिलामा संक्रमण पुष्टि भएको छ। यहाँ ६३.१ प्रतिशत अर्थात ३१ हजार १९३ पुरुष संक्रमित छन्।

लुम्बिनी प्रदेशमा यो संख्या २५.७ प्रतिशत छ। १३ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको लुम्बिनीमा तीन हजार ५५५ महिला मात्र संक्रमित भएका छन्। त्यही ७४.३ प्रतिशत अर्थात १० हजार २७४ पुरुष संक्रमित छन्।

८ हजार २७१ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिममा २५.५ प्रतिशत संक्रमित महिला छन्। त्यहाँ दुई हजार ११३ जना महिलामा संक्रमण पुष्टि भएको छ। ७४.५ प्रतिशत अर्थात ६ हजार १५८ पुरुष संक्रमित पहिचान भएका छन्।

गण्डकी प्रदेशमा हालसम्म ५ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २४.३ प्रतिशत महिला छन्। गण्डकीमा एक हजार ३२४ महिलामा संक्रमण पुष्टि भएको छ। ७५.७ प्रतिशत अर्थात ४१२५ प्रतिशत पुरुष छन्।

त्यस्तै चार हजार ३५० जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशमा २२.१ प्रतिशत मात्र महिला हुन्। कर्णालीमा संक्रमण पुष्टि भएकामध्ये जम्मा ९६३ महिला छन् भने तीन हजार ३८७ पुरुष हुन्। जुन ७७.९ प्रतिशत हो।

प्रदेश २ मा पुरुषको तुलनामा सबैभन्दा कम महिलामा संक्रमण पुष्टि भएको छ। १६ हजार २७८ जनामा संक्रमण पुष्टि भएको त्यहाँ १६.१ प्रतिशत अर्थात दुई हजार ६१९ जना महिला छन्। त्यस्तै पुरुषको संख्या १३ हजार ६५९ छ। जुन प्रदेशको संक्रमितको संख्याको ८३.९ प्रतिशत हो।  

केही हजारसम्‍म संक्रमित पुष्टि हुँदा नेपालमा संक्रमित महिलाको प्रतिशत १० को हाराहारीमा थियो। यो बढ्दै गएर ३० पुग्न थालेको छ।

लिंग र उमेर समूहका आधारमा संक्रमितको विवरण

उमेर समूहका आधारमा संक्रमित महिलाहरु

उपत्यकाका संक्रमित मध्ये ३७ प्रतिशत महिला

काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएका मध्ये ३७ प्रतिशत महिला छन्। काठमाडौंका उपत्यकाका तीन जिल्लामा हालसम्मा ४१ हजार ७८९ जनामा संक्रमण पुष्टि हुँदा १५ हजार ५६८ महिला छन्। त्यस्तै पुरुष संक्रमितको संख्या २६ हजार २२१ छ। जुन ६२.७४ प्रतिशत हो।

संक्रमण पुष्टि भएका मध्ये काठमाडौं जिल्लामा मात्र ३३ हजार ७०६ जना छन्। जसमध्ये ३५.७३ प्रतिशत महिला छन्। काठमाडौंमा १२ हजार ४६ जना महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै २१ हजार ६६० पुरुष छन्। जुन ६४.२७ प्रतिशत हो।

त्यस्तै चार हजार ६४९ जनामा संक्रमण पुष्टि भएको ललितपुरमा ४३.८१ प्रतिशत महिला छन्। ललितपुरमा दुई हजार ३७ जना महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा ४३.२४ प्रतिशत महिला संक्रमित छन्। भक्तपुरमा तीन हजार ४३४ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ एक हजार ४८५ संक्रमित महिला छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell