PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना समातिए



पहिलोपोस्ट

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना समातिए

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र केन्द्रीय विभागमा कार्यारत उपप्रध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

पक्राउ पर्नेहरुमा सिरहा गोलबजार नगरपालिका वडा नम्वर ६ घर भएका २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविन कुमार लामालाई नियन्त्रणमा लिएको हो। साहलाई कोटेश्वर र लामालाई सिरहाको गोलबजारबाट नियन्त्रणमा लिएको एसपी राठौरले जानकारी दिए।

असोज २० गते बिहान करिव ९ बजेर ५० मिनेटमा किर्तिपुरस्थित त्रिवि परिसरमा प्रध्यापक चलाउने माथि आक्रमण भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell