PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

धरानमा मृत्यु हुने कोभिड १९ संक्रमितको संख्या पुग्यो ५०



पहिलोपोस्ट

धरानमा मृत्यु हुने कोभिड १९ संक्रमितको संख्या पुग्यो ५०

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ। प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ बजे निधन भएको हो ।

उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उनले बताए। शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ। यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ। आइतवार बिहान दुई जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell