PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतकलाई



पी बी खड्का

आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतकलाई

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका पार्टी प्रमुख सचेतकलाई पदबाट हटाएका छन्।

नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक सांसद गुलावजंग शाहलाई पदमुक्त गरी मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता शाहीले सांसद सीताकुमारी नेपालीलाई नियुक्त गरेका छन्।

प्रमुख सचेतक शाहको कामकारवाही सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन्।

पद मुक्त गरेका प्रमुख सचेतक गुलावजंग शाह पूर्वएमालेका हुन्। नियुक्त गरिएकी नेपाली पूर्वमाओवादीकी हुन्।

सत्तारुढ नेकपाका १८ सांसदले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलावजंग शाह समक्ष पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell