PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका, ९ जनाको मृत्यु



पहिलोपोस्ट

थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका, ९ जनाको मृत्यु

काठमाडौं: थप ४ हजार ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १४ हजार ५३० जनाको पीसीआर गर्दा ४ हजार ४७ को पोजेटिभ रिपोर्ट आएको बताए।

काठमाडौं उपत्यकामा सोमवार २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ।

२४ घण्टाभित्र डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ७३ रहेको गौतमले जानकारी दिए।

हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ। सोमवार ९ जनाको मृत्यु भएसँगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या ६ सय ४५ पुगेको छ।

हालसम्म ७७ हजार २ सय ७७ संक्रमण मुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell