PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

कतारका राजदूतले जंगी अड्डा पुगेर भेटे प्रधानसेनापति थापालाई



पहिलोपोस्ट

कतारका राजदूतले जंगी अड्डा पुगेर भेटे प्रधानसेनापति थापालाई

काठमाडौं: कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

जंगी अड्डामा भएको भेटमा राजदूत अलहेल र प्रधानसेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell