PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन कार्यविधि, यस्ता छन् स्वास्थ्य मन्त्रालयलका उपलब्धी



पहिलोपोस्ट

विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन कार्यविधि, यस्ता छन् स्वास्थ्य मन्त्रालयलका उपलब्धी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका लागि चालेका कदम र उपलब्धिबारे जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ बारे जानकारी दिन आयोजित नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्।

उनका अनुसार प्रारम्भिक चरणमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन कार्यविधि जारी गरी १४ करोड हस्तान्तरण गरिसकिएको बताए। त्यस्तै, हाललाई विभिन्न १० अस्पतालमा चमाइ युनिट निर्माणका लागि हरेक युनिटका लागि ५० लाखका दरले ५ करोड विनियोजन भइसकेको उनले बताए।

कोशी, नरायणी, भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ९ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि ३६ करोड रकम पठाइएको जानकारी दिए।

स्वास्थ्य प्रणालीमा सुधार गर्न नीति तथा कार्यक्रम २०७७/७८ मा समावेश भए अनुसार रोगहरुको अध्ययन, अनुसन्धानन, निगरानी, रोकथाम, नियन्त्रणका लागि रोग नियन्त्रण केन्द्र स्थापनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भएर विधेयकको मस्यौदा बनाउन शुरु गरिएको जानकारी दिए।

स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका गर्ने उदेश्यले स्वास्थ्य संस्थाको वर्गिकरण, प्रमाणीकरण तथा प्रत्यायन गर्न नेपाल स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनका लागि मन्त्रिपरिषद्मा पेश गरिएको प्रवक्ता गौतमको भनाइ छ।

त्यस्तै, अस्पतालहरुको व्वस्थापन सर्वेक्षण भइसकेको उनले बताए। त्यस्तै, चालु आर्थिक वर्षमा ३ सय ८६ स्थानीय  तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्व ४ करोड बजेट स्थानीय तहमा पठाइसकेको छ।

उता, भवन निर्माण कार्य भवन विभागले गर्दै आएकोमा स्थानीय तहहरुलाई नै अपनत्व हुने गरी भवन निर्माण गर्न पाउने व्यवस्था मिलाइसकिएको उनले बताए।

त्यस्तै, साविकका ५२ जिल्ला अस्पताललाई ५० शय्याको बनाउन प्रतिअस्पताल प्रतिशैया १ लाखका दरले ८६६ बेड थप्नेगरी ८ करोड ६६ लाख विनियोजन भइसकेको बताए। साविकका अञ्चल अस्पताललाई २ सय बेडको बनाउन ११ अस्पतालमा १० करोड ३५ लाख रकम सम्बन्धित अस्पतालाई पठाइएको बताए। त्यस्तै, केही अस्पताललाई ५ सय शय्याको बनाउने काम भइरहेको बताए।

त्यस्तै, अत्याधुनिक सरुवा रोग अस्पताल स्थापना गर्न प्रत्येक प्रदेशमा ५६ करोड पठाइएको बताए। काठमाडौं उपत्यकामा ३ सय बेडको सरुवारोग अस्पताल स्थापनाका लागि भवन तथा जग्गा खरिदको कार्य प्रारम्भ भएको गौतमले बताए। अस्पताल नभएका ६४९ पालिकामा ५ बेडको अस्पताल बनाउन स्थानीय तहमा बजेट पठाइएको बताए।

कोभिड-१९ परिक्षणका लागि हाल ४० वटा सरकारी र निजी स्थरमा १८ गरी दैनिक २६ हजार परीक्षण क्षमताका कुल ५८ ल्याब स्थापना भएको प्रवक्ता गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell