PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोरङका २४२ जनासहित प्रदेश १ मा सोमवार ४५२ कोरोना संक्रमित थपिए



फूलमाया पुरी

मोरङका २४२ जनासहित प्रदेश १ मा सोमवार ४५२ कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा सोमवार ४५२ जना कोरोना संक्रमित थपिएका छन्। सोमवार मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन्। त्यस्तै, बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३/३, मिक्लाजुङ र कटहरीमा २/२, सुनबर्षी, ग्रामथान र जहदामा १/१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ।

यता सुनसरीको धरानमा ८६, ईटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा ३, इनरुवा र गढीमा २/२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३ जना पनि सोमवार संक्रमित भएका छन्।

त्यसैगरी, झापाको दमक र भद्रपुरमा ३/३, अर्जुनधारा र स्थानीय तह नखुलेका १/१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १/१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सोमवार थपिएका ४५२ सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ। त्यसैगरी, प्रदेश १ मा ४४ जना डिस्चार्ज भएका छन्।

सोमवार होमआईसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमवार १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १८८ महिला र २६४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ३८ हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell