PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कर्णालीको सत्ता संकटः नवनियुक्त सचेतक शाही र हटाइएका शाह दुबैले बोलाए संसदीय दलको बैठक



पहिलोपोस्ट

कर्णालीको सत्ता संकटः नवनियुक्त सचेतक शाही र हटाइएका शाह दुबैले बोलाए संसदीय दलको बैठक

सुर्खेतः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादका कारण कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि दुबै पक्ष आ–आफ्नो रणनीतिमा छन्। शाहीविरुद्ध पूर्व एमालेका नेता यामलाल कँडेलको नेतृत्वमा प्रस्ताव दर्ता भएको छ।

विवाद बढ्दै जाँदा मुख्यमन्त्री शाहीले संसदीय दलका सचेतक गुलावजंग शाहीलाई पदमुक्त गरेका छन्। सचेतकको जिम्मेवारी पूर्व माओवादी पक्षकी सांसद सीता नेपालीलाई दिइएको छ। 

नयाँ जिम्मेवारी पाएसँगै नेपालीले संसदीय दलको बैठक आह्वान गरेकी छन्। नेपालीले आगमी कात्तिक ७ गते बिहान ११ बजेका लागि बैठक बोलाएकी छन्। 

तर, मुख्यमन्त्री शाहीले हटाएका सचेतक शाहले मंगलबार (भोलि) दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्। 

प्रदेशभित्रको विवादलाई लिएर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच परामर्श जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell