PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

वीरगंजमा स्थानीय प्रशासनको दशैँ उन्मुख अनुगमन, दुई पसललाई जरिवाना



पहिलोपोस्ट

वीरगंजमा स्थानीय प्रशासनको दशैँ उन्मुख अनुगमन, दुई पसललाई जरिवाना

वीरगंजः दशैँ तिहार नजिकिँदै जाँदा वीरगंजमा स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको छ। महंगी बढेको र म्याद गुज्रिएका समान बिक्री भइरहेको गुनासोपछि अनुगमन तीव्र बनाइएको हो।

सोमबार वीरगंजका दुई पसललाई कारबाही समेत गरिएको छ। अनुगमन टोलीले उपभोक्ता ऐन २०७५ अनुसार एक पसललाई ५० हजार र अर्कोलाई २० हजार जरिवाना गरेको छ।

वीरगंज ५ स्थित पशुपति स्पाइसेस एण्ड फुडलाई मूल्य अंकित नगरी बिक्री गरेकोमा ५० हजार जरिवाना गरिएको छ। यस्तै वीरगंज ४ विर्तास्थित जैन स्टोर्सले खरिद बिल नदेखाएकोले २० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खत्वेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell