PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोरोना कहरमा पनि पार्टी प्रवेश जारीः बाबुराम-उपेन्द्रको आरोप, 'सरकार भ्रष्टाचारमा लिप्त भयो'



पहिलोपोस्ट

कोरोना कहरमा पनि पार्टी प्रवेश जारीः बाबुराम-उपेन्द्रको आरोप, 'सरकार भ्रष्टाचारमा लिप्त भयो'

वीरगंजः जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषि क्षेत्रलाई आधुनिकीकरण तथा बन्द रहेका उद्योग सञ्चालनमा नल्याएसम्म मधेसको अवस्था नसुध्रिने बताएका छन्। पर्सामा विभिन्न दल त्यागेर जसपामा आबद्ध भएकाहरूलाई पार्टी प्रवेश गराउँदै डा. भट्टराईले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

उनले प्रधानमन्त्रीको समृद्धिको कुरा नाटकमात्र भएको बताए। जनतालाई समृद्ध बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। विभिन्न दलका ठूला नेताहरू भ्रष्टाचारमा मुछिएकाले अधिकार सम्पन्न लोकपाल विधेयकको पक्षमा जसपा रहेको र यसका लागि लडिरहने समेत बताए।

उनले रेल र जहाजको सपना देखाउने सरकारले किसानको लागि मल खादको कारखाना खोलिदिए सहयोग पुग्ने बताए।

कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएको अधिकारलाई सुनिश्चित गर्दै बाँकी अधिकारको लागि पार्टी अगाडि बढेको बताए। यादवले अहिले पार्टीमा सम्पूर्ण समुदायका व्यक्ति रहेकाले आगामी चुनावमा जनताले सहयोग गरे सरकार बनाउने बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशमा चाँडै कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने बताए। संघीय सरकारले प्रदेश सरकारलाई अधिकारविहीन बनाएको आरोप राउतको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell