PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

डि भिलियर्सको ब्याटिङ जम्दा बेङ्ग्लोरले कोलकतालाई दियो १ सय ९५ रनको लक्ष्य



पहिलोपोस्ट

डि भिलियर्सको ब्याटिङ जम्दा बेङ्ग्लोरले कोलकतालाई दियो १ सय ९५ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्सलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शारजहा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९४ रन जोडेको हो।

बेङ्ग्लोरका लागि एबि डी भिलियर्सले आक्रामक ब्याटिङगर्दै सर्वाधिक ७३ रन बनाउँदा आरोन फिन्सले ४७ रन तथा देवदत्त पार्डिकल र बिराट कोहलीले ३२ रन जोडे।

उता कोलकताका लागि प्रसिद कृष्ण र आन्द्रे रसेलले १/१ विकेट लिए।

कोलकता केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell