PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ट्रम्प उत्रिए चुनावी सभामा, कोभिड १९ पुष्टि भएको दुई साता नबित्दै मैदानमा



पहिलोपोस्ट

ट्रम्प उत्रिए चुनावी सभामा, कोभिड १९ पुष्टि भएको दुई साता नबित्दै मैदानमा
REUTERS

राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस पोजेटिभ एको दुई साता पनि नबित्दै चुनावी अभियानमा कस्सिएका छन्। उनी प्रचारका कार्यक्रममा सहभागी हुन थालेका छन्।

फ्लोरिडाको स्यानफोर्डमा हजारौं मानिसहरु भेला भएका थिए जहाँ ट्रम्प सहभागी भए। यहाँ चारवटा प्रचारका कार्यक्रमहरु छन् जसमध्ये यो पहिलो थियो। ३ नोभेम्बरको निर्वाचनमा राष्ट्रपति र उनका प्रतिद्वन्दी जोय बिडेन चर्को चुनावी अभियानमा सक्रिय छन्। हिजो बिडेनले ओहायोमा सम्बोधन गरो। फ्लोरिडा र ओहायो दुवैमा भोट स्विङ हुने विश्वास गरिन्छ।

सर्वेक्षणले देखाएअनुसार बिडेनले ट्रम्पलाई १० पोइन्टले राष्ट्रव्यापी रुपमा उछिनेका छन्। तर कतिपय राज्यमा दुई नेताबीचको अन्तर ज्यादै साँघुरो छ। फ्लोरिडामा बिडेन ३.७ पोइन्टले मात्र अगाडि छन्। यो तथ्याङ्क रियल क्लियर पोलिटिक्सले जारी गरेको हो।

११ दिन अघि ट्रम्पमा कोभिड १९ देखिएको थियो। उनी लगत्तै वाल्टर रीड मेडिकल सेन्टरमा भर्ना भएका थिए। 

तर दुई दिन अघि उनका चिकित्सकले ट्रम्प स्वस्थ भइसकेको तथा उनबाट अरु कसैमा संक्रमण नफैलिने दावी गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell