PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

६३ दिनकै सबैभन्दा कम संक्रमित भेटियो भारतमा



पहिलोपोस्ट

६३ दिनकै सबैभन्दा कम संक्रमित भेटियो भारतमा

नयाँ दिल्ली : भारतमा हिजो पछिल्लो ६३ दिनकै सबैभन्दा कम कोभिड १९ संक्रमित रेकर्ड भएको छ। हिजो भारतमा ५३ हजार ८२ जना नयाँ स्क्रमित भेटिएका हुन्। यो संख्या अगस्ट १० यताकै सबैभन्दा कम हो।

अगस्ट १० मा भारतमा ५१ हजार २ सय ९६ संक्रमित देखिएका थिए। त्यसपछि भारतमा संक्रमितको रफ्तार यसरी बढ्यो कि दिनमा झन्डै १ लाख केस फेला पर्‍यो।

त्यसैगरी जुलाई २७ यता सबैभन्दा कम मृत्यु रेकर्ड भएको छ। हिजो भारतमा ६ सय ९६ जना संक्रमितको मृत्यु भयो जुन पछिल्ला दिनहरुको तुलनामा निक्कै कम हो।

भारतमा अहिलेसम्म ७१ लाख ७० हजार ९ सय ७० जनामा कोभिड १९ पुष्टि भइसकेको छ। यीमध्ये ६२ लाख १९ हजार ४ सय ७४ जना निको भएर नियमित जीवनमा फर्किसकेका छन्। ८ लाख ४१ हजार ६ सय ६८ एक्टिभ केस अझै रहेको छ यहाँ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell