काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६ सय ५१ जनाको थ्रोट स्वाब परीक्षण गर्दा २ सय ९५ जनामा संक्रमण देखिएको छ।
प्रतिष्ठानमा भएको परीक्षणमा अहिलेसम्म ३ हजार ९ सय ३१ जनालाई कोभिड १९ पोजेटिभ देखिएको छ। हिजो परीक्षण गर्दा ३ सय ४८ जनामा नेगेटिभ देखायो।
अहिलेसम्म संक्रमण भएका ५० जनाको मृत्यु भइसकेको छ। ७ सय ६३ जना निको भएर डिस्चार्ज भएका छन्। प्रतिष्ठानमा ८ सय ९६ जना संक्रमित भर्ना भएका थिए। अहिले अस्पतालमा ५२ जना पोजेटिभ भएकाहरु उपचाररत छन् भने ३ जना संकास्पद र ४५ जना आइसोलेसनमा रहेका छन्।
