PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

लुम्बिनीका १२ वटै जिल्लाका स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण, फ्रन्टलाइनमा खटिँदाखटिँदै ४ सयभन्दा धेरैलाई सकस



पहिलोपोस्ट

लुम्बिनीका १२ वटै जिल्लाका स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण, फ्रन्टलाइनमा खटिँदाखटिँदै ४ सयभन्दा धेरैलाई सकस

काठमाडौं : पछिल्लो समय लुम्बिनी प्रदेशमा दैनिक तीन सयको हाराहारीमा संक्रमित पहिचान भइरहेका छन्।

नेपालभर कूल संक्रमितको १२.१० प्रतिशत लुम्बिनीमा संक्रमित पहिचान भएका छन्। जसमध्ये हालसम्म १० हजार ३१२ संक्रमित निको भइसकेका छन् भने अझै तीन हजार ११५ संक्रमित आइसोलेसनमा छन्।

१०९ जनाको संक्रमितको मृत्यु भइसकेको लुम्बिनीमा संक्रमितको उपचारमा खटिँदै गर्दा ४०८ जना स्वास्थ्य कर्मीहरु पनि संक्रमित भएका छन्। संक्रमित मध्ये ८४ जना अझै पनि आइसोलेसनमै रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांकमा उल्लेख छ।

संक्रमण पुष्टि भएका मध्ये ३ सय २३ जना संक्रमण मुक्त भइसकेका छन्। एक जना चिकित्सकको मृत्यु लुम्बिनी प्रदेशमा भएको छ। उनी उपचारका लागि लुम्बिनी प्रदेशमा आए पनि कर्णाली प्रदेशको सुर्खेत अस्पतालमा कार्यकरत चिकित्सक हुन्।

कुन जिल्लामा कति स्वास्थ्यकर्मी संक्रमित ?

लुम्बिनीमा संक्रमण पुष्टि भएका मध्ये एक तिहाई स्वास्थ्यकर्मी बाँके जिल्लाका छन्। बाँकेमा १ सय ४८ स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ। जसमध्ये हालसम्म १ सय ३२ जना संक्रमण मुक्त भइसकेका छन् भने २७ जना आइसोलेसनमै छन्।

त्यस्तै  रुपन्देहीमा ६४ जनामा स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसमध्ये ५६ जना संक्रमण मुक्त हुँदा ८ जना आइसोलेसनमा छन्।

त्यस्तै, पाल्पमा ४५ र दाङमा ४३ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा २९, नवलपरासी पश्चिममा २१, प्युठानमा १९, बर्दियामा १५ र अर्घाखाँचीमा १२ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेशका सबै जिल्लामा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुँदा गुल्मीमा ९, रोल्पामा २ र रुकुम पूर्वमा एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell